शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

पदभार ग्रहण गर्दै सामाजिक विकास मन्त्री चौधरीले भने, ‘जनताको म्यान्डेट अनुसार सरकारमा सहभागी भयौँ ’

बिहीबार, १५ चैत २०८०, १२ : ४८
बिहीबार, १५ चैत २०८०

धनगढी । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी रहेको बताएका छन् । बिहीबार पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकोले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताएका हुन् ।

उनले भने, ‘सङ्घीय सरकार होस या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर । त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’

त्यस्तै, उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने बताएका छन् । बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप