अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
काठमाडौँ । ३४ वर्षकी ज्याकी कूर्न आफैँलाई ‘सि–हल्क’ भन्छिन् । उनको बाइसेप्स देखेर नाम चलेका बडी बिल्डरहरू पनि लाजले टाउको झुकाउन बाध्य हुन्छन् । नेदरल्यान्डकी यी युवतीको बाइसेप हलिउड अभिनेता अर्नोल्ड श्वार्जनेगरको भन्दा ठुलो छ । अर्नोल्डको बाइसेप कुनै समय २२ इञ्च थियो । तर यी युवतीको बाइसेप २४ इञ्चको भएको बताइएको छ ।
कूर्नले व्यायाम गरेर शरीर बलियो त बनाइरहेकी छिन् नै प्रसिद्धि पनि कमाइरहेकी छन् । कोरोना महामारीका बेलामा उनले पहिलोपटक बडी बिल्डिङबाट आफू खुसी हुन सक्छु भन्ने महसुस गरिन् । ओडिटी सेन्ट्रलको रिपोर्टका अनुसार ज्याकी कर्न पहिलेदेखि नै किक बक्सिङ गर्थिन् । किक बक्सिङ गर्दा उनी बलियो तर थकित भएको महसुस गर्थिन् ।
पछि उनले सकेसम्म धेरै स्वास्थ्यवद्र्धक खानेकुरा खान थालिन् । कोभिडको समयमा उनले आफू मोटी देखिए पनि कुनै समस्या नभएको महसुस गरिन् । बिस्तारै उनले आफ्नो तौल बढाएर दोब्बर बनाइन् अनि आफ्नो मांसपेशी बनाउन तौल उठाउन थालिन् । उनको ज्यान देखेर मानिसहरू राम्रा नराम्रा सबै खाले टिका टिप्पणी गर्छन् । तर उनी नकारात्मक टिप्पणी बेवास्ता गर्छिन् । कतिपय नराम्रा कमेन्ट डिलिट नै गरिदिन्छिन् ।
कर्नले बाइसेप्स बनाउन तपाईं हामीले कल्पना नै गर्न नसक्ने गरी मेहनत गर्ने गरेकी छिन् । आफूलाई लेडी हल्क बताउने कूर्नले हरेक दिन १०० पुश अप र २५० सिट अप गर्छिन् । २ घण्टाको स्ट्रेन्थ ट्रेनिङ पनि गर्छिन् । यसमाथि १५० केजीको डेडलिफ्टिङ, २०० केजीको बेन्च प्रेस र १०० केजीको स्क्वाट्स गर्छिन् । यसबाहेक उनी ४५० केजीसम्म लेग प्रेस गर्न सक्छिन् । पुरुष बडी बिल्डरका लागि पनि यो सङ्ख्यामा व्यायाम गर्न गाह्रो पर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण