टी–२० क्रिकेट
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
शुक्रबार, १६ चैत २०८०, १४ : ३४
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्डको पाँचौँ विकेट पनि कमलसिंह ऐरीले नै लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई आफ्नो बलिङमा आफैले क्याच गर्दै पेभेलियन फर्काएका हुन् ।
कमलले लिएको यो तेस्रो विकेट हो । आउट हुनुअघि कप्तान निल रकले २३ बलमा तीन छक्का र एक चौकाको मद्दतले ३८ रन बनाएका थिए । १८.१ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले एकसय ८१ रन बनाइसकेको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण