शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ

शुक्रबार, १६ चैत २०८०, १६ : २९
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताएका छन् । 

शुक्रवार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताए । 

उनले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको प्रमुख दायित्व भएको पनि बताए । उनले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताए । उनले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताए । 

उनले फौजदारी न्याय प्रणाली विभिन्न निकायहरूको विनियोजन मात्रै नभई सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि भएको दाबी गरे । श्रेष्ठले फौजदारी न्यायका महत्त्वपूर्ण स्तम्भका रूपमा कानुन कार्यान्वयन, न्याय निरूपण तथा सुधार र पुनः स्थापनासँग सम्बन्धित निकायहरू रहने र ती निकायहरूको क्रियाशीलता, प्रभावकारिता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताए । 

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको उनको भनाइ थियो । श्रेष्ठले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशिला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताए । —न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप