ऊर्जाको अवतरण
लासहरूले श्वास हालेपछि
बाटो उँधोगति कै हुन्छ
मानव वस्तिहरू रुन्छ
चिथोरिन्छ - चेलीको अस्मिता
तड्पिन्छन् - ती विपन्न
रहन्न- आमाको ममता
हजुरआमाको वीरता
चिच्याउलान् एक्कासि -
डरलाग्दा छौँडाहरू
भयानक: मुर्कट्टाहरू
अदृश्य पिशाचहरू
डामेका दोबाटेहरू
भौतिक विज्ञानले यिनलाई
नकारात्मक ऊर्जा मान्छ
अस्तित्व सकिएको छान्छ
चिताको लासहरू झैँ
व्यवस्थापनका बाँसहरू झैँ
परैको लागि खटिन्छन्
शब्दै शब्दमा रटिन्छन्
परिचालित चिम्नीले
तताउँछ मानव मष्तिस्क
बताउँछ झुर विचारहरू
मान्छ - दर्शनको बाज
उही शिकारी समाज
यात्रामा निस्कन्छन् -
ती शिकार गर्न
सजीवलाई पचाउन
आफ्नै भुँडी जँचाउन
कहिले खोल कम्युनिस्टका
कहिले खोल कांग्रेसका
बाँकीका, वादहरूमा सीमित छ
देशको परपर सम्म
सिमानाको वरपर सम्म
जसरी बाँच्न अक्सिजन लिइन्छ -
खोला पारीबाट
खोला वारीबाट
समुन्द्र पारीबाट
समुन्द्र वारीबाट
दृश्यहरूबाट
अदृश्यहरूबाट
अरूको ऊर्जाले हलचल गर्नेहरू
धपाउँछन्- बौद्धिक युवा
गाउँ - गाउँबाट
समाज- समाजबाट
शहर-शहरबाट
जप्छन् बेला-वेला
समाजवादका ओठ
सिंगापुरको कथन
युरोपको अभ्यस्त
विकासका सपनाहरू
कसैले भन्दियोस् -
बिना योजना केही हुन्छ ?
स्मृति र सपना केही रन्छ ?
केही हुन श्वास चल्नु पर्दैन र !
जनताको गाँस चल्नु पर्दैन र !
गाउँ सहरका अङ्ग चल्नु पर्दैन र !
उद्योगले रक्त सञ्चार हुनु पर्दैन र !
घर घरमा चुलो जल्नु पर्दैन र !
कि अघाएका छन् - चिताको तापले,
आमा मारिएको खुसी र कर कापले !
कसैले त भनी दिनुस्-
मृतहरूबाट कति हुनु शासित ?
कतैको अक्सिजन राखेर
प्रायोजित अस्पतालमा
आईसीयू वार्ड भित्र
रक्त सञ्चार देखाउनलाई
दानापानी सेकाउनलाई
जनताको बलिदान गरेर
शहीदहरुको ती नाममा
कति पर्खाउनु हुन्छ ?
म जस्तो युवाहरूलाई
मात्र जीवित देखाउन
मृत कोटामा लेखाउन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण