‘झिल्के एन्ड द कम्पनी’ले ल्यायो ‘१८२’

काठमाडौँ । नेपाली रक ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’ले एल्बम ‘जवानीको जोश’को गीत ‘१८२’ सार्वजनिक गरेको छ । यो भिडियो ‘झिल्के फायर इपी’बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको दोस्रो प्रस्तुति हो ।
गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ । डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको छ ।
‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ । त्यही कारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथाहरू चित्रण गर्ने उद्देश्य राखेका छौँ’, ब्यान्डका गायक तथा गिटार बाधक स्टिभ देवानले भने ।
भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान राना मगर र प्रसिद्धी ओली फिचर्ड छन् । भिडियोमा रिदम राईको डीओपी, आविस्कार जोशीको सहायक डीओपी, गौरव बिस्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ ।
गीत ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियो झापाको बिर्तामोड र अर्जुनधारा वरपरका चियाबगान र खेतबारीमा छायांकन गरिएको छ ।
भिडियो पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले निर्माण गरेको छ । पीभीई नेटवर्क व्यान्डको व्यवस्थापन कम्पनी हो । गीतको भिडियो झिल्के एण्ड द कम्पनीबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इन्फा अवार्ड २०२५’ का उत्कृष्ट ५ मनोनितलाई प्रमाणपत्र
-
माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन
-
अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिन्छ : गभर्नर पौडेल
-
सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी
-
१० बजे १० समाचार : गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सुझावदेखि राजावादीको आन्दोलन ‘छिन्नभिन्न’सम्म
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ