‘झिल्के एन्ड द कम्पनी’ले ल्यायो ‘१८२’
काठमाडौँ । नेपाली रक ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’ले एल्बम ‘जवानीको जोश’को गीत ‘१८२’ सार्वजनिक गरेको छ । यो भिडियो ‘झिल्के फायर इपी’बाट ‘पंक्षीहरु’सँग डेब्यु गरेपछि ब्यान्डको दोस्रो प्रस्तुति हो ।
गीतले नेपाली पारिवारिक जीवनको एक मार्मिक झलक देखाएको छ । डिनर टेबलको वरपर साझा गरिएका अव्यक्त सपनाहरू र इच्छाहरूलाई भिडियोमा देखाइएको छ ।
‘पूर्वी नेपालले मेरो हृदयमा विशेष स्थान ओगटेको छ । त्यही कारण हामीले यहाँको प्राकृतिक पृष्ठभूमिमा नेपाली पारिवारिक जीवनका कथाहरू चित्रण गर्ने उद्देश्य राखेका छौँ’, ब्यान्डका गायक तथा गिटार बाधक स्टिभ देवानले भने ।
भिडियोमा शान्तादेवी पौडेल, रुद्र ओली, अवान राना मगर र प्रसिद्धी ओली फिचर्ड छन् । भिडियोमा रिदम राईको डीओपी, आविस्कार जोशीको सहायक डीओपी, गौरव बिस्टको कलर र सम्पादन तथा अभिषेक गिरीको प्रोडक्सन छ ।
गीत ब्रोकन एग स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियो झापाको बिर्तामोड र अर्जुनधारा वरपरका चियाबगान र खेतबारीमा छायांकन गरिएको छ ।
भिडियो पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले निर्माण गरेको छ । पीभीई नेटवर्क व्यान्डको व्यवस्थापन कम्पनी हो । गीतको भिडियो झिल्के एण्ड द कम्पनीबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण