शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ऋण तिर्छु : दुर्गा प्रसाईं

आइतबार, १८ चैत २०८०, ११ : ५३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

आइतबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु । क्लियर कुरा ।’ तर अहिलेसम्म तपाईंले सम्बन्धनकै लागि यो सबै गर्नुभएको भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो ।’ राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ ।

अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते, इलाममा ६ गते कार्यक्रम रहेको बताए । उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप