सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मुग्लिन नारायणघाट वारी–पारी सडक बनाएर ‘वन–वे’ गर्न सांसद तामाङको माग

आइतबार, १८ चैत २०८०, १४ : २३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । सांसद पूर्णबहादुर तामाङले मुग्लिन सडकमा हरेक दिनजसो हुने सडक दुर्घटना रोक्न वैकल्पिक बाटो निर्माणलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले त्रिशूली नदीको वारिपारि एकतर्फी बाटो बनाएर दुर्घटना कम गर्न सकिने सुझाव दिए ।  

शनिवार मुग्लिनमा ट्याक्सी दुर्घटनामा ५ जनाको निधन भएको घटनाको स्मरण गर्दै मुग्लिन नारायणघाट बाटोको प्रणाली बदल्नुपर्ने बताए । 

सांसद तामाङले भने– ‘मुग्लिन नारायणघाट बाटोको मदन भण्डारी दुर्घटनामा परेको ठाउँबाट पारी पारीबाट धादिङसम्म सडक निकाल्नुपर्छ । त्यो सडकका लागि हालसम्म सरकारको २० अर्ब खर्च भइसकेको छ, तर बाटो कटिङ गर्दैछ, पहिरो आउँदैछ, सफा गर्दैछ, त्यो बाटो चल्दैन । अर्थमन्त्री संसदमा आउनुभएको छ, अबको आर्थिक वर्षमा जसरी भए पनि नारायणघाटको पारी पारी सडक धादिङको गजुरीमा ल्याइदिनुभयो भने त्यो बाटोमा दुर्घटना पनि हुँदैन । एकातिर काठमाडौँबाट बाहिर र अर्को तर्फबाट काठमाडौँतिर सवारी साधन गुड्छ । यो बाटोका लागि जसरी हुन्छ आउने बजेटमा व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’

उनले रामेछापमा मध्य पहाडी राजमार्गको नाम पुष्पलाल राजमार्ग नाम राखे पनि पुष्पलाल जन्मिएको वडालाई भने सडकले नछोएकोमा गुनासो गरे । 

यस्तै सांसद तामाङले रामेछापमा चैत १ गते भीषण आगलागीमा परि ४२ वटा बाख्रा, २ वटा गाई गोरु, २ वटा भैँसी नष्ट भएको जानकारी गराए । दुई जना आमाहरूमध्ये एक जनाको ७ लाख रुपैयाँ र अर्कोको साढे २ लाख रुपैयाँ पैसा नष्ट भएको समेत उनले जानकारी गराए ।

ती पैसामध्ये ६० प्रतिशत पैसाको नम्बर भएको अर्थमन्त्री वर्षमान पुनलाई जानकारी गराउँदै सो बापत पैसा कसरी भुक्तानी दिन सकिन्छ त्यसको व्यवस्था र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप