हस्पिटेक इन्टरप्राइजेजका मालिक पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी विशाल पण्डितसहित ६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोशी प्रादेशिक अस्पतालका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू) उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो । पण्डित कोभिडको बेलामा पनि मेडिकल सामग्री खरिदका क्रममा विवादमा आएका थिए । आयोगले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बराबरको बिगो मागदाबी लिएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, होस्पीटेक इन्टरप्राइजेज प्रालि तीनकुनेका बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई पनि प्रतिवादी बनाइएको छ । सबै जनालाई पण्डित सरह भष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुरमा मागदावी लिइएको आयोगले जनाएको छ ।
उपकरण खरिद गर्दा मूल्याङ्कन समितिबाट गलत लिखत तयार गर्न लगाएर उक्त प्रतिवेदनका आधारमा बोलपत्र मूल्याङ्कन समितिले सार्वजनिक खरिद नियमावलीविरुद्ध गएर सामान खरिदको लागि भण्डारीको कम्पनीलाई स्वीकृति दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण