आमा बन्दैछिन् आथिया शेट्टी ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री आथिया शेट्टी आमा बन्न लागेको खबरहरू आइरहेका छन् । आथियाका पिता अभिनेता सुनिल शेट्टीले एउटा रियालिटी शोमा अर्को सिजनमा हजुरबुबा बनेर स्टेजमा फर्किन्छु भनेपछि अभिनेत्री गर्भवती भएकी हुन् भन्ने हल्ला चलेको हो ।
डान्स दिवाने ४ मा माधुरी दिक्षितको साथमा सुनिल शेट्टी पनि जज हुन् । यही शोमा हालै हजुरबुबा–हजुरआमा विशेष एपिसोड थियो । यस क्रममा सहभागीहरूले यो थिममा रमाइला रमाइला प्रफर्मेन्स गरेका थिए । शोकी होष्ट भारती सिंहले सुनीललाई हजुरबुबा बनेपछि उनले धेरै कुराहरू परिवर्तन गर्नुपर्ने बताएकी थिइन् । सुनिल हजुरबुबाको उमेरको नदेखिने र उनी जस्तो गुड लुकिङ हजुरबुबालाई बच्चाले सम्हाल्न नसक्ने भन्दै भारतीले जिस्काइन् ।
‘हो, अर्को सिजनमा जब म स्टेजमा आउनेछु, तब हजुरबुबा जस्तै गरी स्टेजमा हिँड्नेछु,’ सुनिलले भनेका थिए । उनको यो जवाफ सुनेपछि मानिसहरूले उनी शोका अर्को सिजन आउँदासम्म हजुरबुवा भइसक्ने अड्कल गरिरहेका छन् । तर, यसबारे पुष्टि भएको छैन ।
सुनील शेट्टीकी छोरी आथिया शेट्टीले सन् २०२३ को जनवरी २३ मा क्रिकेटर केएल राहुलसँग बिहे गरेकी थिइन् । बिहेअघि दुवैजना करिब ४ वर्षसम्म सम्बन्धमा थिए । आथियाले सन् २०१५ को फिल्म हिरोबाट सुरज पञ्चोलीसँग बलिउडमा डेब्यु गरेकी थिइन् । तर त्यो फिल्म खासै चलेन । यसपछि उनी मुबारकन, मोतीचूर चकनाचूर जस्ता केही फिल्ममा देखिइन् । विवाहपछि भने उनले कुनै पनि चलचित्र साइन गरेका छैनन् ।
सुनिलको हातमा २ ठुला फिल्म
हिजोआज डान्स दीवाने ४ मा जजको रुपमा देखिरहेका सुनिल छिट्टै दुई ठुला फिल्ममा देखिने भएका छन् । पहिलो फिल्म वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म वेलकम टु द जङ्गल हो भने अर्को फिल्म हेराफेरी फ्रेन्चाइजको तेस्रो फिल्म हेराफेरी ३ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण