शाओमीको लाइका क्यामरा सहितको फ्ल्यागशिप स्मार्टफोन बजारमा, के–के छन् विशेषता ?
काठमाडौँ । शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् ।
शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीको भनाइ छ, “शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले,ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरका साथ शाओमी १४ प्रयोगकर्ताको लागि सर्वोत्कृष्ट विकल्प बन्ने हामीले विश्वास लिएका छौँ । हामीलाई अपार माया दिनुहुने हाम्रा नेपाली ग्राहकहरूका लागि यो नयाँ प्रविधि ल्याउन पाउँदा हामी ज्यादै खुसी छौँ ।”
शाओमी १४ ले लाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ । ठूलो १.६ एपर्चरको साथ शाओमी १४ ले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ । यस अप्टिकल लेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दावि छ । लाइकाको ७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन ९०० इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सन प्रदान गर्दछ ।
यस्तै शाओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुन अत्याधुनिक ४ एनएम पावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको हो । क्वाल्कम एड्रेनो जिपियुसँग जोडिएको यस चिपसेटले सिमलेस पर्फर्मेन्स र प्रभावकारी पावर म्यानेजमेन्ट सुनिश्चित गर्दछ जसले प्रयोगकर्ताहरूको गेमिङ अनुभव फरक बनाउने कम्पनीको भनाइ छ ।
शाओमी १४ को ४६१० एमएचको ठुलोे ब्याट्री र फास्ट चार्जिङले दिनभरको प्रयोग सुनिश्चित गर्ने पनि कम्पनीको भनाइ छ । ९० वाटको फास्ट चार्जिङ भएको हुदा जम्मा ३१ मिनेट ( बुस्ट मोड) मा नै फूल चार्ज गर्न सक्ने दाबी गरिएको छ ।
शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । शाओमी १४, १२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य रु. ९९,९९९ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण