अरविन्द केजरीवाल अप्रिल १५ सम्मका लागि हिरासतमा
सोमबार, १९ चैत २०८०, १२ : ४०

नयाँ दिल्ली । मदिरा नीति घोटालामा सम्पत्ति शुद्धीकरणको आरोप लागेका आम आदमी पार्टीका प्रमुख तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अप्ठ्यारो कम हुने कुनै सङ्केत देखिएको छैन । सोमबार उनलाई अप्रिल १५ सम्मका लागि हिरासतमा पठाइएको हो ।
उनलाई सिधै तिहाड जेलमा लगिनेछ । सोमबार अदालतले केजरीवाललाई हिरासतमा राख्न दिएको म्याद सकिँदै थियो । यसैबिच उनलाई पुनः राउज एभेन्यू अदालतमा पेस गरिएको थियो । ईडीले अदालतसँग केजरीवालको हिरासत अवधि बढाएर उनलाई न्यायिक हिरासतमा पठाउन माग गरेको थियो ।
यसअघि अदालतले केजरीवालको हिरासत अवधि ४ दिन थपेर अप्रिल १ सम्म पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’