अरविन्द केजरीवाल अप्रिल १५ सम्मका लागि हिरासतमा
सोमबार, १९ चैत २०८०, १२ : ४०
नयाँ दिल्ली । मदिरा नीति घोटालामा सम्पत्ति शुद्धीकरणको आरोप लागेका आम आदमी पार्टीका प्रमुख तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अप्ठ्यारो कम हुने कुनै सङ्केत देखिएको छैन । सोमबार उनलाई अप्रिल १५ सम्मका लागि हिरासतमा पठाइएको हो ।
उनलाई सिधै तिहाड जेलमा लगिनेछ । सोमबार अदालतले केजरीवाललाई हिरासतमा राख्न दिएको म्याद सकिँदै थियो । यसैबिच उनलाई पुनः राउज एभेन्यू अदालतमा पेस गरिएको थियो । ईडीले अदालतसँग केजरीवालको हिरासत अवधि बढाएर उनलाई न्यायिक हिरासतमा पठाउन माग गरेको थियो ।
यसअघि अदालतले केजरीवालको हिरासत अवधि ४ दिन थपेर अप्रिल १ सम्म पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण