धेरै समय बस्ने बालबालिकाको धमनीमा समस्या हुने
काठमाडौँ । हिजोआज बालबालिकाहरू खेलकुद र उफ्रिनमा भन्दा धेरै समयमा स्मार्टफोन र टिभीमा बिताउँछन् । उनीहरूले बसेर बिताउने समय निकै बढेको छ । एउटा नयाँ अध्ययनका अनुसार बाल्यकालमा धेरै समय बसेर बिताउँदा धमनी कडा हुने समस्या निम्तन्छ । धमनीहरू कडा भए भने रक्त सञ्चारमा समस्या हुनसक्छ ।
भविष्यमा यो मुटुको रोगको कारण बन्न सक्छ । तर साधारण खालको शारीरिक गतिविधिले यो खतरा कम गर्न मद्दत गर्न सकिन्छ । धमनीहरू कडा हुनु भनेको अकाल मृत्युको जोखिम बढ्नु हो । ११ देखि २४ वर्षका बालबालिकाहरू दैनिक ६ देखि ९ घण्टासम्म बसेर बिताउने गरेको अध्ययनले देखाएको छ । यसले मोटोपना देखिने, असामान्य स्तरमा बोसो जम्मा हुने, शरीर सुन्निने र मुटुको रोगलगायत समस्याहरूको जोखिम बढाउँछ ।
धमनीहरू कडा हुनु भनेको बाल्यकाल र किशोरावस्थामा मोटोपना देखिने, इन्सुलिन प्रतिरोधी हुने, उच्च रक्तचाप, मेटाबोलिक सिन्ड्रोम र मुटुसम्बन्धी रोग आदिका लागि नयाँ जोखिम कारक भएको शोधकर्ताहरूको भनाइ छ । उमेर बढ्दै जाँदा धमनीहरू स्वाभाविक रूपमा दह्रो हुँदै जान्छन् । यो प्राकृतिक नियम हो । तर बाल्यकालमा दिनहुँ लामो समय बसकै कारण धमनीहरूको बढी दह्रो हुनु प्राकृतिक रूपमा हुने दह्रोपन भन्दा बढी खतरनाक हुने र यसका कारण अकाल मृत्युको जोखिम ४७ प्रतिशतसम्म बढ्ने अध्ययनमा पाइएको छ ।
हल्का शारीरिक गतिविधिले दिन्छ राहत
दैनिक कम्तीमा ३ घण्टाको हलुका खालको शारीरिक गतिविधि गर्दा बाल्यकालमा लामो समयसम्म बस्दा धमनीहरू दह्रो हुने समस्या कम हुने अध्ययनमा पाइएको छ । बच्चाहरूलाई हरेक दिन कम्तीमा ३–४ घण्टा छिटो छिटो हिँड्ने, वा घरको काम गर्ने जस्ता हल्काफुल्का शारीरिक व्यायाम गर्न प्रोत्साहित गर्नुपर्ने शोधकर्ताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण