एकीकृत समाजवादीबाट बागमतीमा रमा आलेमगर मन्त्री नियुक्त
हेटौँडा । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौँडाले जनाएको छ ।
आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरी समय व्यवस्थापन गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । सांसद आलेलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ गराउने र एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय श्रोतको भनाइ छ ।
सांसद आले एकीकृत समाजवादीका तर्फ प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् । उनी गत वर्षको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।
सांसद आलेले आफू विनाविभागीय मन्त्रीका नियुक्त पाएको र एक साताभित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीबाट आश्वासन पाएको बताइन् । आफूलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार आलेले सुरुमा प्रदेशसभा बैठकमा जान समेत आनाकानी गरेकी थिइन् । मन्त्री बनाउने आश्वासनपछि मात्रै उनी हेटौँडा पुगेकी थिइन् ।
उनकै कारण १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ४ बजेका लागि सरेको थियो । उनी बैठकमा सहभागी भएसँगै मुख्यमन्त्रीले ५६ प्रदेशसभा सदस्यको मत पाएर सरकार जोगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण