मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

एकीकृत समाजवादीबाट बागमतीमा रमा आलेमगर मन्त्री नियुक्त

सोमबार, १९ चैत २०८०, २१ : ५२
सोमबार, १९ चैत २०८०

हेटौँडा । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौँडाले जनाएको छ ।

आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरी समय व्यवस्थापन गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । सांसद आलेलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ गराउने र एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय श्रोतको भनाइ छ । 

सांसद आले एकीकृत समाजवादीका तर्फ प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् । उनी गत वर्षको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।

सांसद आलेले आफू विनाविभागीय मन्त्रीका नियुक्त पाएको र एक साताभित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीबाट आश्वासन पाएको बताइन् । आफूलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार आलेले सुरुमा प्रदेशसभा बैठकमा जान समेत आनाकानी गरेकी थिइन् । मन्त्री बनाउने आश्वासनपछि मात्रै उनी हेटौँडा पुगेकी थिइन् ।

उनकै कारण १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ४ बजेका लागि सरेको थियो । उनी बैठकमा सहभागी भएसँगै मुख्यमन्त्रीले ५६ प्रदेशसभा सदस्यको मत पाएर सरकार जोगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप