भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्याएको छ र रूखहरू उखेलेको छ ।
“आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार र राहत प्रदान गर्न सक्रिय भएका छन् ।
उनले प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । जलपाईगुडीबाट प्राप्त समाचारअनुसार हावाहुरीसँगै आएको असिनापानीले ८०० घरमा क्षति पुर्याउनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखेलेको छ ।
आँधीको असर जलपाईगुडीका छिमेकी जिल्लाहरू कूचबिहार र अलिपुरद्वारमा पनि महसुस गरिएको थियो । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जलपाईगुडी जिल्लामा स्थानीय समयअनुसार आइतबार अपराह्न ३ः३० बजेतिर आँधी आएको थियो र यो करिब १० मिनेटसम्म चलेको थियो ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले टिस्टा नदी क्षेत्रबाट ठूलो आवाजसहित शुरु भएको आँधीका कारण रूखहरू ढलेका र धेरै घरहरूमा क्षति पुर्याएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति