मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ

मङ्गलबार, २० चैत २०८०, ०९ : १६
मङ्गलबार, २० चैत २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनको विभाग पछि तोकिने छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् ।

उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । विनाविभागीय मन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताइन् ।

आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४,  एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप