किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने
मङ्गलबार, २० चैत २०८०, १२ : ०१
काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । चैत १८ गते आइतबार बसेको दुई संस्थाका प्रतिनिधिहरूको बैठकले संस्था गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लम्कीचुहा नगरपालिका वडा नं. ४, कैलालीमा रजिस्टर्ड कार्यालय छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको छ ।
लामो समयदेखि दुई संस्थाबिच मर्जरको गृहकार्य पश्चात आइतबार अन्तिम सहमति भएको हो । उक्त सम्झौताको बोधार्थ नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण