मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्जरमा जाने

मङ्गलबार, २० चैत २०८०, १२ : ०१
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । चैत १८ गते आइतबार बसेको दुई संस्थाका प्रतिनिधिहरूको बैठकले संस्था गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लम्कीचुहा नगरपालिका वडा नं. ४, कैलालीमा रजिस्टर्ड कार्यालय छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवल उपमहानगरपालिका वडा नं. ११, रुपन्देहीमा रजिस्टर्ड कार्यालय रहेको छ । 

लामो समयदेखि दुई संस्थाबिच मर्जरको गृहकार्य पश्चात आइतबार अन्तिम सहमति भएको हो । उक्त सम्झौताको बोधार्थ नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप