मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिको विमानबाट पत्रकारहरूले सामान चोरी गरेपछि...

मङ्गलबार, २० चैत २०८०, १२ : ०८
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । अमेरिकाका पत्रकारहरूलाई अमेरिकी राष्ट्रपतिको विमानबाट सामान चोरी नगर्न चेतावनी दिइएको छ ।

फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडन देशको पश्चिमी तटको यात्रामा थिए । सो यात्रापछि उनको विमान ‘एअरफोर्स वन’ का सामान रुजु गर्दा कयौँ सामान गायब भएको पाइएको थियो ।

तकियाको खोल, प्लेट, ग्लास लगायतका सामान अमेरिकी राष्ट्रपतिको विमानबाट हराएका हुन् । ‘ह्वाइट हाउस’ हेर्ने पत्रकारहरूको संगठन ‘दि ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ले चेतावनी दिँदै राष्ट्रपतिको विमानबाट सामान लैजान वर्जित रहेको जनाएको छ ।

अघिल्लो महिना एसोसिएसनले पत्रकारहरूलाई इमेल पठाउँदै यस प्रकारको व्यवहार ‘प्रेस पुल’का लागि नसुहाउने बताएको थियो । ‘प्रेस पुल’ अमेरिकी राष्ट्रपतिसँग एअरफोर्स वनमा यात्रा गर्ने पत्रकारलाई भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप