मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

मङ्गलबार, २० चैत २०८०, १२ : १६
मङ्गलबार, २० चैत २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशका  गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले  बिहीबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । 

पाण्डेले भने -'जे हुन्छ  बैठक मै हुन्छ। त्यसैले सरकारले  बैठक आव्हान गरेको  छ ।'   केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । 

यता माओवादी , एमाले सहित दलहरू  पनि केन्द्रीय  समीकरण अनुसार माओवादीको नेतृत्वमा  सरकार  गठन   गर्ने  तयारी  गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप