राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयोः सोविता गौतम
मङ्गलबार, २० चैत २०८०, १३ : ०९
काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । उनले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाइन् ।
सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भिर भएर काम गर्न पनि सरकारलाई दबाब दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण