बन्द भयो गुगलको यो सेवा
क्यालिफोर्निया । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले आफ्नो कयौँ सेवाहरू बन्द गरिसकेको छ । यसरी बन्द भएका सेवाहरूमा गुगल प्लस, नेक्सस आदिको नाम आउँछन् । यो सूचीमा नयाँ सेवा पनि थपिएको छ । कम्पनीले आफ्नो अडियो स्ट्रीमिङ प्लेटफर्म गुगल पोडकाष्टलाई हटाउने निर्णय गरेको छ । कम्पनीको यो एप प्ले स्टोरबाट ५० करोड पटक डाउनलोड भएको छ ।
अप्रिल २ देखि नै अमेरिकामा यो सेवा बन्द गरिँदैछ । युट्युब म्युजिकलाई प्रमोट गर्न कम्पनीले यो सेवा बन्द गर्न लागेको बताइएको छ । कम्पनीले यसबारे गएको वर्ष नै एउटा ब्लगपोष्टमा जानकारी दिएको थियो । अमेरिकापछि बिस्तारै विश्वका अन्य क्षेत्रमा पनि सेवा बन्द गरिनेछ । यो वर्षको अन्त्यसम्ममा सबैतिर यो सेवा बन्द हुने बताइएको छ । यसबारे कम्पनीले केही दिनयता युजरहरूलाई एपमै नोटिफिकेशन दिइरहेका छन् ।
कम्पनीले एपको होम पेजमै ‘वार्निङ’ देखाउन सुरु गरिसकेको छ । यो एपमा भएका आफ्नो डेटाहरू युट्युब म्युजिक वा आफूलाई मन पर्ने अन्य कुनै पोडकाष्ट सेवामा मर्ज गर्न कम्पनीले युजरहरूलाई भनेको छ । यो एप केही समय गुगल पलेस्टोर वा एपलको एप स्टोरमा डाउनलोडका लागि उपलब्ध भए पनि युजरहरूले यसको प्रयोग भने गर्न पाउने छैनन् । यो एपमा भएका डेटाहरू अन्यत्र सार्न कम्पनीले २०२४ को जुलाईसम्मको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण