बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘बोक्सीको घर’को ‘बुझिन मैले’ गीतमा के छ ?

मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘बोक्सीको घर’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको विभिन्न प्रचार सामाग्री सार्वजनिक गरिरहेको छ । 

यस्तैमा फिल्मको कथाको केही झलक दिने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । प्रकाश सपुतले तयार पारेको गीतमा शब्द तथा सङ्गीत नै प्रकाशको रहेको छ । गीतमा स्वर भने समीक्षा अधिकारीले दिएकी छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री केकी अधिकारीको नृत्य दिन्छ । गीतका दृश्यले हिन्दी फिल्म चन्द्रमुखीको झलक दिन्छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको हो । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको विषय फिल्मले उठाएको बताइन्छ । 

केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता बद्री अधिकारी हुन् भने राज घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया