प्रख्यात अभिनेता साम निलको निधन
सारांश
- प्रख्यात अभिनेता साम निलको ७८ वर्षको उमेरमा सिड्नीमा निधन भएको छ ।
- अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत उनको अप्रत्याशित निधनको पुष्टि गरेको छ ।
- साम निल जुरासिक पार्कका डा एलन ग्रान्टको भूमिकाका लागि चर्चित थिए ।
सिड्नी । प्रख्यात अभिनेता साम निलको निधन भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो ।
अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेको छ । परिवारले जारी गरेको वक्तव्यमा अत्यन्त दुःखका साथ साम निलको निधन भएको जानकारी दिँदै उनको परिवार, आफन्त र समुदायले यो खबर साझा गरेको उल्लेख गरेको छ ।
वक्तव्यअनुसार साम निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको हो । यद्यपि उनी क्यान्सरमुक्त अवस्थामै रहेका कारण परिवारले त्यसलाई केही सान्त्वनाको विषय मानेको जनाएको छ । साम निल दुर्लभ र आक्रामक प्रकारको रक्त क्यान्सरसँग लडिरहेका थिए । तर उनले गत अप्रिलमा आफू क्यान्सरमुक्त भएको घोषणा गरेका थिए ।
अभिनेताको अन्तिम संस्कार तथा अन्य कार्यक्रमबारे अरु जानकारी पछि सार्वजनिक गरिने बताइएको छ । साथै यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गरिदिन सबैसँग अनुरोध पनि गरेको छ ।
साम निल जुरासिक पार्क फ्रेन्चाइजीमा डा एलन ग्रान्टको भूमिकाका लागि चर्चित छन् । यस बाहेक द पियानो, पिकी ब्लाइन्डर्स, मर्लिन लगायत चलचित्र तथा टेलिभिजन शृङ्खलामा पनि उनको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण