बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कालीबहादुर मल्ल भन्छन्-प्रधानमन्त्रीको पटक–पटक निर्देशन आएको छ, मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ

विश्वासको मत लिने निर्णय होइन, धारणा मात्र हो
बुधबार, २१ चैत २०८०, १२ : ४२
बुधबार, २१ चैत २०८०

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय मानेर जानुको विकल्प नरहेको बताएका छन् । प्रधानमन्त्रीको पटक–पटक निर्देशन र सर्कुलर नै आइसकेको बेलामा केन्द्रको निर्णय मानेर जाने कुरामा छलफल अघि बढेको उनले बताए । 

रातोपाटीसँग छोटो प्रक्रिया दिँदै उनले भने, ‘मुख्यमन्त्री राजीनामा दिने कुरामा सकारात्मक हुनुहुन्छ । अहिले म बाटोमा छु, मुख्यमन्त्री निवास पुगेर अन्तिम छलफल हुन्छ ।’ साथै मल्लले मुख्यमन्त्री राजकुमार शर्मा पार्टी केन्द्रको निर्णयलाई मानेर जाने कुरामा हिजो पनि नकारात्मक नरहेको र आज पनि नरहेको बताए । 

हिजो माओवादी संसदीय दलले त विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने निर्णय गर्‍यो नि ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो निर्णय होइन सांसदहरूको धारणा मात्रै हो ।’ 

मल्लले अहिले दुवै दलका नेताहरूबिच छलफल भएर टुङ्गोमा पुर्‍याइने पनि बताए ।

माओवादी प्रदेश अध्यक्ष विमला केसीले पनि पार्टी केन्द्रको निर्णय मानेर नै जाने कुरा नै सही रहेको तर्क गरिन् । यसअघि प्रधानमन्त्रीको सन्देश ल्याएर आएका महेन्द्रबहादुर शाहीले पनि केन्द्रको निर्णय मानेर जाने बताएका थिए । 

मुख्यमन्त्री शर्माले आज संसद् बैठक बस्नुअघि पुनः संसदीय दलको बैठक बोलाएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप