५४ लाख डलरको सम्पत्ति सुसारेको नाममा, आफन्तद्वारा अदालतमा मुद्दा दायर

रोम । इटलीमा एक जना महिलाले आफ्नो सारा सम्पत्ति सुसारेको नाममा छाडेकी छन् । ती महिलाको सम्पत्ति खाने छोराछोरी थिएनन् ।
१० जना भतिज भतिजीहरू सम्पत्ति पाइने आशामा बसेका थिए । तर मारिया माल्फाट्टीले ५४ लाख डलरको सम्पत्ति अल्बानियन सुसारेको नाममा छाडेकी हुन् ।
माल्फाट्टीको निधन ८० वर्षको उमेरमा गएको नोभेम्बरमा भएको थियो । उनी इटलीको ट्रेन्टो प्रान्तको रोभेरेटो शहरका पूर्वमेयर र भियन्नाको पूर्वउपराष्ट्रपति भालेरियानो माल्फट्टीकी वंशज हुन् । उनको नाममा कयौँ अपार्टमेन्ट, सहरको मध्य भागमा ऐतिहासिक भवन पनि छ । साथै बैंक खातामा ठुलै रकम भएको बताइएको छ । तर उनी अविवाहित र सन्तानविहीन थिइन् ।
यस्तो स्थितिमा उनको सारा सम्पत्ति भतिजा भतिजीलाई आउनेवाला थियो । तर महिलाले आफ्नो सम्पत्ति सुसारे महिलाको नाममा छाड्ने निर्णय गरिन् । मारिया र उनको भतिजा भतिजीसँगको सम्बन्ध कस्तो थियो भन्ने स्पष्ट भएको छैन । तर यो खबर सुन्दा उनका आफन्तहरू अक्क न बक्क परेको हुनुपर्छ । महिलाको विल पढेपछि उनका आफन्तले सम्पत्ति रोक्का गर्न अदालतमा मुद्दा दायर गरेका छन् ।
बुढ्यौलीका कारण महिलाको दिमागले काम गर्न छाडेको र यसको अनुचित फाइदा सुसारेले उठाएको दाबी उनीहरूको छ । बुढेसकालमा आफन्तको हेला, दूरव्यवहार र बेवास्ता भोगेपछि भए भरको सम्पत्ति अरूलाई दिएको यो एक मात्रै घटना होइन । बेला बेलामा यस्ता घटना देखिरहेका छन् । यो वर्षको सुरुमा चीनकी एक महिलाले आफ्नो २८ लाख डलर बराबरको सम्पत्ति तीन छोराछोरीलाई नदिई घर पालुवा जनावरहरूको नाममा छाडेर गएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
-
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर
-
पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय
-
ड्यानी पर्ल, बहावलपुर र अपरेसन सिन्दूर