राजीनामा घोषणा गर्दै मुख्यमन्त्रीको गुनासो– विश्वासको मत लिन नसक्ने परिस्थिति बन्नुले राजनीतिक खेल उदाङ्गो भयो
काठमाडौँ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घको केन्द्रीकृत र सामन्ती सोचका कारण संविधान कार्यान्वयन गर्न नसकिएको बताएका छन् । यसले गर्दा कानुनी, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न नसकिएको उनको तर्क छ । सङ्घको असर सोझो अर्थमा प्रदेशमा परेको गुनासो गर्दै उनले प्रदेशलाई स्वायत्तता बनाउन सकिए मात्र राजनीतिक स्थिरता दिन सकिने बताए ।
‘कर्णाली प्रदेशले कम्तीमा संसदीय अंक गणितमा एउटा मानक राख्न सकोस् । त्यसो गर्न सक्दा गणतन्त्र र सङ्घीयतालाई असफल बनाउने कारक मात्र बन्ने छैनौ सिङ्गो कर्णालीवासीमाथि पनि कुठाराघात गरिरहेको हुन्छ’, बुधबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेशको विकास गर्ने हो भने प्रदेश सरकारको स्थायित्वको आवश्यक पर्छ । यसतर्फ गम्भीर हुन म सम्पूर्ण प्रदेशसभालाई आग्रह गर्दछु ।’
आफूले प्रदेशसभाबाट विश्वासको मत लिन नसक्ने परिस्थिति बनेका कारण सत्ताको खेल उदाङ्गो भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण