कैलालीमा उखु बोकेको ट्रकमा आगलागी
बुधबार, २१ चैत २०८०, १८ : १३
धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा उखु बोकेको एक ट्रकमा बुधबार आगलागी भएको छ ।
कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना५ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दका अनुसार विद्युतको तारमा ट्रक छुन पुग्दा आगलागी भएको हो ।
स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । उखु जलेर नष्ट भएको छ भने ट्रकमा क्षति नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण