मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

बुधबार, २१ चैत २०८०, १८ : १३
बुधबार, २१ चैत २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा उखु बोकेको एक ट्रकमा बुधबार आगलागी भएको छ ।

कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना५ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको हो । 

इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दका अनुसार विद्युतको तारमा ट्रक छुन पुग्दा आगलागी भएको हो ।

स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । उखु जलेर नष्ट भएको छ भने ट्रकमा  क्षति नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप