रूस आर्थिक नाकाबन्दीको सही सामना गर्न सफल : प्रधानमन्त्री मिखाइल
मस्को । रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मित्रराष्ट्रहरुसँगको व्यापारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै रूसले पश्चिमा मुलुकहरुको आर्थिक नाकाबन्दीबाट सकुशल अघि बढ्न सफल भएको बताएका छन् ।
“मित्र राष्ट्रहरूसँगको व्यापार कारोबार बढेको मात्र छैन, तर अहिले यो चार वर्षअघि सम्पूर्ण विश्वसँग रूसको व्यापारको मात्रासँग तुलना योग्य छ,” मिशुस्टिनले रूसी राज्य डुमालाई सम्बोधन गर्दै भने ।
“चीन, भारत, टर्की, बेलारुस, कजाकिस्तान, संयुक्त अरब इमिरेट्स, अफ्रिका र ल्याटिन अमेरिकासँगको व्यापारमा भएको वृद्धिले युरोपेली संघसँगको व्यापार कारोबारमा आएको कमीलाई धेरै हदसम्म क्षतिपूर्ति गरेको छ,” मिशुस्टिनले भने ।
मित्रराष्ट्रका होनहार साझेदारहरूसँग व्यापार सम्बन्ध लाई बढावा दिनु रूसको उच्च प्राथमिकतामध्ये एक रहने बताउँदै उनले रूसको ७७ प्रतिशत वैदेशिक व्यापार मित्र राष्ट्रहरूसँग भएको तथ्याङ्क पेस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण