बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
वाइडबडीमा भ्रष्टाचार

पूर्वमन्त्री शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा

बिहीबार, २२ चैत २०८०, १४ : ५१
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नरहरी घिमिरेले मुद्दा दर्ता भएको पुष्टि गरे । उनले विस्तृत जानकारी केही समयमा सार्वजनिक गर्ने बताए । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप