शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो पहिलो विद्युतीय पिकअप ट्रक लन्च गर्दै बीवाईडी

बिहीबार, २२ चैत २०८०, १५ : ३९
बिहीबार, २२ चैत २०८०

बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले यही वर्षभित्र विद्युतीय पिकअप ट्रक लन्च गर्दै । विश्व बजारमा फोर्डदेखि टेस्लासम्म परम्परागत र विद्युतीय सवारी साधन बनाउने कम्पनीबिच प्रतिस्पर्धा चर्किएकै बेलामा कम्पनीले पिक अप ट्रक लन्च गर्न लागिरहेको छ । 

मझौलादेखि ठुला आकारका यी पिक अप ट्रकहरू विश्व बजारका लागि भनेर बनाइएको कम्पनीले एउटा प्रेस विज्ञप्तिमा भनेको छ ।

वीवाईडीले सुन्तला र निलो रंगको पिक अप ट्रकको तस्बिर सार्वजनिक गरेको छ । यसको विक्री मूल्य भने खुलाइएको छैन । यसले फोर्डको रेञ्जर, एफ–१५० लाइटनिङ, टोयोटाको हाइलक्स र टेस्लाको साइबर ट्रकसँग प्रतिस्पर्धा गर्नेछ । 

अमेरिका पिकअप ट्रकको सबैभन्दा ठुलो बजार हो । तर यहाँ कम्पनीको उपस्थिति छैन । तर थाइल्यानड लगायत बजारमा कम्पनीको उपस्थिति राम्रो छ । गएको वर्ष बीवाईडी विश्वको सबैभन्दा ठुलो विद्युतीय सवारी साधन निर्माता बनेको थियो । तर यो वर्षको पहिलो त्रैमासमा भने कम्पनीले यो उपाधि गुमायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप