आफ्नो पहिलो विद्युतीय पिकअप ट्रक लन्च गर्दै बीवाईडी
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले यही वर्षभित्र विद्युतीय पिकअप ट्रक लन्च गर्दै । विश्व बजारमा फोर्डदेखि टेस्लासम्म परम्परागत र विद्युतीय सवारी साधन बनाउने कम्पनीबिच प्रतिस्पर्धा चर्किएकै बेलामा कम्पनीले पिक अप ट्रक लन्च गर्न लागिरहेको छ ।
मझौलादेखि ठुला आकारका यी पिक अप ट्रकहरू विश्व बजारका लागि भनेर बनाइएको कम्पनीले एउटा प्रेस विज्ञप्तिमा भनेको छ ।
वीवाईडीले सुन्तला र निलो रंगको पिक अप ट्रकको तस्बिर सार्वजनिक गरेको छ । यसको विक्री मूल्य भने खुलाइएको छैन । यसले फोर्डको रेञ्जर, एफ–१५० लाइटनिङ, टोयोटाको हाइलक्स र टेस्लाको साइबर ट्रकसँग प्रतिस्पर्धा गर्नेछ ।
अमेरिका पिकअप ट्रकको सबैभन्दा ठुलो बजार हो । तर यहाँ कम्पनीको उपस्थिति छैन । तर थाइल्यानड लगायत बजारमा कम्पनीको उपस्थिति राम्रो छ । गएको वर्ष बीवाईडी विश्वको सबैभन्दा ठुलो विद्युतीय सवारी साधन निर्माता बनेको थियो । तर यो वर्षको पहिलो त्रैमासमा भने कम्पनीले यो उपाधि गुमायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण