बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
वाइडबडीमा भ्रष्टाचार

वाइडबडीमा भ्रष्टाचार प्रकरण : ८ विदेशी कम्पनी र १० जना व्यक्ति संलग्न

बिहीबार, २२ चैत २०८०, १७ : ५१
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । झण्डै डेढ अर्ब नेपाललाई हानी नोक्सानी पुर्याउन विदेशी ८ कम्पनी र त्यसका १० जना पदाधिकारी संलग्न रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूलाई पनि प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

नेपाल वायु सेवा निगम र निगमका पदाधिकारीसँगको मिलेमतोमा यी कम्पनीहरूले कर्मचारीलाई प्रभावमा पारेर आफूखुसी निर्णय गराई भुक्तानी लिएको आयोगको दाबी छ । नेपालको खरिद कानुनविपरीत काम गर्न यी कम्पनी र तिनका जिम्मेवार कर्मचारीहरूले बदनियतपूर्व काम गर्न लगाएको आयोगको अरोपपत्रमा उल्लेख छ । 

‘विमान आपूर्ति गर्नुपर्ने दायित्व समेत निर्वाह नगरी गैरजिम्मेवार र बद्नियतपूर्वक निगमका कर्मचारी/पदाधिकारीहरूलाई प्रभाव र प्रलोभनमा पारी काम गरेको देखिन्छ,’ आरोपत्रमा भनिएको छ,‘सम्झौता पत्रमा उल्लेख भएअनुसार काम नगरी वार्ताको बहानामा शर्तका शर्त थोपरेर भुक्तानी गर्न लगाएको देखिन्छ ।’

आयोगले यी व्यक्ति र कम्पनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । आयोगका अनुसार कम्पनी र यी व्यक्तिहरूले सम्झौता अनुसार विमानको भारबहन क्षमता २४२ टन हुनुपर्नेमा दबाब/प्रभाव र मिलेमतोमा २३० टन बनाएको आरोप छ।

यी हुन् वाइडबडी ल्याउन सम्झौता गर्ने कम्पनी र सम्बन्धित व्यक्तिहरू

– अमेरिकन कम्पनी इन्टरनेश्नल सप्लाई चेन, एएआर र बेलायती नागरिक दीपक शर्मा

– जर्मनस्थित हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेडका निर्देशक क्रिश्चियत न्यूहेलन

– जर्मन एभिएशन क्यापिटलका लेखा निर्देशक एवं रोमानिया र मोल्डोभाका नागरिक ओलेग कलिष्ट्रु

– अमेरिकन कम्नपी एम/एस एएआर इन्टरनेश्नल र कम्पनीका अध्यक्ष जोन एम. होलमेस

– जर्मन एभिएशन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक एना टोपा

– पोर्चुगलस्थित एम/एस हाइफ्लाई ट्रान्सपोट एरेओस एसए (हाइ फ्लाई एरलाईन्स) र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरी

– आइरिस कम्पनी एम/एस हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेड, उक्त कम्पनीका निर्देशक जेराल्ड थ्रोनटोन र क्रिस्टियन न्यूहलेन

– जर्मन कम्पनी एम/एस नर्टोन रोज फुलब्राईट एलएलपी र उक्त कम्पनीका मुख्य व्यक्तिहरू मार्कुस र्याडब्रुच र राल्फ स्प्रिन्जेर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप