आयरल्यान्डले पहिलो विकेट गुमायो
शुक्रबार, २३ चैत २०८०, ०९ : ३८

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्डको पहिलो विकेट लिएको छ । आयरल्यान्डले पहिलो विकेटका रुपमा ओपनर जेम्स म्याकुलुमलाई गुमाएको हो ।
जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका हुन् । उनलाई साहब आलमले रनआउट गराएका हुन् । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालल टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी-२० शृंखलामा आयरल्यान्ड ‘ए’ २-१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ