आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आयरल्यान्डले लगातार गुमायो तेस्रो र चौथो विकेट

शुक्रबार, २३ चैत २०८०, १० : ०९
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले लगातार आयरल्यान्ड ‘ए’ को तेस्रो र चौथो विकेट लिएको छ । आयरल्यान्डको तेस्रो विकेट रिजन ढकालले लिएका हुन् । 

रिजनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई मौसम ढकालद्वारा क्याच गराएका थिए । पिटरले पेभेलियन फर्किनुअघि १७ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएका थिए । छैटौँ ओभरको अन्तिम बलमा पिटर आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डका अर्का ब्याट्सम्यान मोर्गन टपिङ पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोर्गनलाई दुई रनको ब्यक्तिगत स्कोरमा साहब आलमले कप्तान विनोद भण्डारीद्वारा क्याच गराएका हुन् । ६.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो । साहब आलमले लिएको यो दोस्रो विकेट हो ।

 त्यसअघि आयरल्यान्डले दोस्रो विकेटका साहब आलमले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको छ ।

आयरल्यान्डका अर्का ओपनर जेम्स म्याकुलुमलाई पनि साहब आलमले नै रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका थिए । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप