आयरल्यान्डले लगातार गुमायो तेस्रो र चौथो विकेट
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले लगातार आयरल्यान्ड ‘ए’ को तेस्रो र चौथो विकेट लिएको छ । आयरल्यान्डको तेस्रो विकेट रिजन ढकालले लिएका हुन् ।
रिजनले आयरल्यान्डका तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरलाई मौसम ढकालद्वारा क्याच गराएका थिए । पिटरले पेभेलियन फर्किनुअघि १७ बलमा तीन चौकाको मद्दतले १७ रन बनाएका थिए । छैटौँ ओभरको अन्तिम बलमा पिटर आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो ।
त्यसलगत्तै आयरल्यान्डका अर्का ब्याट्सम्यान मोर्गन टपिङ पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका ब्याट्सम्यान मोर्गनलाई दुई रनको ब्यक्तिगत स्कोरमा साहब आलमले कप्तान विनोद भण्डारीद्वारा क्याच गराएका हुन् । ६.४ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्डले २१ रन बनाएको थियो । साहब आलमले लिएको यो दोस्रो विकेट हो ।
त्यसअघि आयरल्यान्डले दोस्रो विकेटका साहब आलमले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीलाई दुई रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । ४.२ ओभरमा स्टिफन आउट हुँदा आयरल्यान्डले ११ रन बनाएको छ ।
आयरल्यान्डका अर्का ओपनर जेम्स म्याकुलुमलाई पनि साहब आलमले नै रनआउट गराएका थिए । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका थिए । पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण