मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गाजामा आक्रमण गर्न एआईको प्रयोग गरिरहेछ इजरायली सेना ?

शुक्रबार, २३ चैत २०८०, १२ : ४०
शुक्रबार, २३ चैत २०८०

गाजा । हमास र इजरायलबीच कयौं महिनादेखि युद्ध चलिरहेको छ । युद्धमा हजारौँको ज्यान गइसकेको छ । तर युद्ध थामिने कुनै संकेत नै छैन । यसैबिच इजरायली सेनाले गाजामा हमासलाई निशाना बनाउन कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरेको खबरहरू आइरहेका छन् ।

इजरायली गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टमा यो जानकारी दिइएको हो । एआईमा आधारित टूललाई ल्याभेन्डर भनिने अनि यसले १० प्रतिशत गल्ती गर्ने इजरायली अधिकारीहरूको भनाइ छ । इजरायल रक्षा बल (आईडीएफ)लाई यस बारे सोध्दा उनीहरुले टूल छैन भनेर कुनै विवाद गरेनन् ।

तर सन्दिग्ध आतंककारीहरूको पहिचान गर्न एआई प्रयोग भइरहेको कुरा भने उसले अस्वीकार गरेको थियो । अर्का एक अधिकारीले चाँहि  टूलले रबर स्ट्याम्प जस्तै काम गर्ने बताए । मान्छे चिन्ने अनि २० सेकेन्डभित्रै आक्रमण गर्ने उनको भनाइ थियो ।

आतंकवादीहरूको पहिचान गर्ने प्रक्रियामा सूचना प्रणाली टूल मात्रै भएको बताइएको छ ।  ‘हामीले युद्धको समयमा नागरिकलाई कम भन्दा कम क्षति होस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेका छौँ ।’ एउटा लामो बयानमा सेनाले भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप