गाजामा आक्रमण गर्न एआईको प्रयोग गरिरहेछ इजरायली सेना ?
गाजा । हमास र इजरायलबीच कयौं महिनादेखि युद्ध चलिरहेको छ । युद्धमा हजारौँको ज्यान गइसकेको छ । तर युद्ध थामिने कुनै संकेत नै छैन । यसैबिच इजरायली सेनाले गाजामा हमासलाई निशाना बनाउन कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरेको खबरहरू आइरहेका छन् ।
इजरायली गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टमा यो जानकारी दिइएको हो । एआईमा आधारित टूललाई ल्याभेन्डर भनिने अनि यसले १० प्रतिशत गल्ती गर्ने इजरायली अधिकारीहरूको भनाइ छ । इजरायल रक्षा बल (आईडीएफ)लाई यस बारे सोध्दा उनीहरुले टूल छैन भनेर कुनै विवाद गरेनन् ।
तर सन्दिग्ध आतंककारीहरूको पहिचान गर्न एआई प्रयोग भइरहेको कुरा भने उसले अस्वीकार गरेको थियो । अर्का एक अधिकारीले चाँहि टूलले रबर स्ट्याम्प जस्तै काम गर्ने बताए । मान्छे चिन्ने अनि २० सेकेन्डभित्रै आक्रमण गर्ने उनको भनाइ थियो ।
आतंकवादीहरूको पहिचान गर्ने प्रक्रियामा सूचना प्रणाली टूल मात्रै भएको बताइएको छ । ‘हामीले युद्धको समयमा नागरिकलाई कम भन्दा कम क्षति होस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेका छौँ ।’ एउटा लामो बयानमा सेनाले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण