नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्षको बैठक सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष) केन्द्रीय समितिको बैठक सुरु भएको छ । शुक्रबार अनामनगरस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनले चयन गरेको केन्द्रीय समितिकाे बैठक सुरु भएको दाबी गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक नभएको बताएकी छन् ।
अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गरी पार्टीले कुनै बैठक नबोलाएको बताएकी हुन् । निर्वाचन आयोगले महाधिवेशनलाई मान्यता नदिएका कारण संस्थापक केन्द्रीय सदस्यसहितको केन्द्रीय समिति नै क्रियाशील रहेको र सो समितिको बैठक नभएको उनले प्रस्ट पारेकी छन् ।
यसअघि श्रेष्ठले बोलाएको केन्द्रीय समिति बैठकमा झडप हुँदा बैठक स्थगित भएको थियो । रेशम चौधरी पक्षका नेताहरुले आफ्ना पक्षका नेताहरुलाई कुटपिट गरेको आरोप श्रेष्ठले लगाएकी छन् । झडप भएकै दिन रेशम चौधरीले आजका लागि बैठकको आह्वान गरेका थिए ।
चौधरीले केन्द्रीय सदस्यको नागरिकता हेरेर मात्र बैठकमा सहभागी हुन दिएका छन् । उनले बैठक कक्षको ढोका थुनेका छन् भने पत्रकारलाई फोटो समेत खिच्न दिएका छैनन् । उनले बैठकबारे कुनै प्रतिकृया दिन मानेन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स
-
भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...
-
११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को–को समेटिए ? (सूचीसहित)