प्रशासनको निर्णय
सुनसरीका दुई पालिकामा निषेधाज्ञा
शुक्रबार, २३ चैत २०८०, १४ : ३६
विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।
सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण