बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युवा पुस्तामा सकारात्मक भावना जागृत गर्नुपर्छ : प्रधानमन्त्री

शनिबार, २४ चैत २०८०, १८ : २७
शनिबार, २४ चैत २०८०

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा पुस्तालाई नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।  लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आयोजित कार्यक्रम समापनको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उनले युवाहरूको देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गरेर नेपाल नै केही गर्ने आस देखाउनु पर्ने बताएका हुन् ।

उनले राज्यप्रति युवा पुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकता जस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु पर्ने बताए । राजनीतिक पुनर्संरचनामा सफल भए पनि प्रत्येक नागरिकको जीवन रूपान्तरण गर्न अर्को क्रान्ति गर्ने समय आएको उनको भनाई थियो ।

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए । यस्तो रूपान्तरणका लागि कुनै पुरातन वादी धार्मिक राज्यको रूपमा नभएर दिगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने उनले बताए ।

उनले प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुने बताए । उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको जिकिर गरे । 

जबसम्म व्यक्तिले आफूभित्रको ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने उनको भनाई थियो । उनले आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए । 

लुम्बिनी गत शनिवारदेखि सुरु भएको विराट चक्र विज्ञान कार्यक्रममा देशका विभिन्न ठाउँका ५ हजार जनाको सहभागिता रहेको थियो । उनलाई ध्यान र प्रवचन जीवन विज्ञान प्रतिष्ठान संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले गरेका थिए । उनीहरूले विभिन्न ठाउँमा ध्यान तथा योग गराए पनि धेरै सङ्ख्या  लामो कार्यक्रम पहिलो पटक लुम्बिनीमा गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप