आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल 'ए' र आयरल्यान्डबिचको अन्तिम खेल आज

आइतबार, २५ चैत २०८०, ०७ : ४९
आइतबार, २५ चैत २०८०

काठमाडौँ । काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । 

यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्यान्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो ।

१५८ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा१३६ रनमा अल आउट हुँदा १७५ रनको लक्ष्य पछ्याएको दोस्रो खेलमा नेपाल ६० रनमै समेटिएको थियो । 

आज आयरल्यान्ड दिवसीय क्रिकेटको अन्तिम खेल पनि क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दा नेपाल भने सान्त्वना जितको खोजीमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप