मेस्सीको गोलका बाबजुद रोकियो मियामी
मियामी । घाइते भएपछि फर्किएको पहिलो खेलमा लियोनेल मेस्सीले गोल गरे पनि इन्टर मियामी मेजर लिग सकरमा कोलोराडोसँग बराबरी खेल्न बाध्य बनेको छ । दुई टोलीबिचको खेल २–२ को बराबरीमा सकिएको हो ।
खेलमा राफायल नाभारोको पेनाल्टीको मद्दतले पहिलो हाफको अन्त्यतिर कोलोराडोले अग्रता लिएको थियो । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मेस्सीले केही मिनेटमा नै बराबरी गोल फर्काएका थिए ।
गत मार्च १३ मा नासभिलविरुद्ध कोनकाफ च्याम्पियन्स कपको खेलमा घाइते भएपछि मेस्सी मैदान बाहिर रहेका थिए । उनले त्यसयता मियामीको चार र अर्जेन्टिनाका दुई खेल गुमाएका थिए ।
शनिबार खेलमा फर्किएपछि मेस्सीलाई गोल गर्न धेरै समय नै लागेन । ५८ औँ मिनेटमा उनले बराबरी गोल गरे । लिगमा चार खेलमा उनको यो चौथो गोल थियो । ३ मिनेटपछि उनले लियोनार्डो अल्फोन्सोका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई अग्रता दिलाए ।
तर, ८८ औँ मिनेटमा कोल बासेटले कोलोराडोका लागि गोल गरेपछि खेल बराबरीमा टुङ्गियो । बराबरीपछि इस्टर्न कन्फरेन्सको अङ्क तालिकामा मियामी तेस्रो स्थानमा रहेको छ । ८ खेलपछि टोलीको १२ अङ्क छ । शीर्ष स्थानमा ७ खेलबाट १४ अङ्क बटुलेको न्युयोर्क रेड बुल्स रहेको छ । ६ खेलबाट १२ अङ्कसहित फिलाडेल्फिया दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण