मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार

आइतबार, २५ चैत २०८०, ११ : ३१
आइतबार, २५ चैत २०८०

काठमाडौँ । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

२०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको हो । 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो सङ्ख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो । 

यसैगरी, समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । 

गत असार मसान्तमा १ करोड ६८ लाख ४३ हजार इन्टरनेट प्रयोगकर्ताहरूमार्फत १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तुलनात्मक रूपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको हो । 

कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?

आरटीजीएस– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ

एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ

इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी)– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ

कनेक्ट आईपीएस– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ

डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ

क्रेडिट कार्ड– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ

प्रिपेड कार्ड– ६१ करोड ९० लाख रुपैयाँ

ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ

वालेट– २४ अर्ब २ करोड रुपैयाँ

क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ

पोइन्ट अफ सेल्स् (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ

ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप