७८ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ कारोबार
काठमाडौँ । पछिल्लो ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
२०७९ असार मसान्तसम्ममा यस्तो मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो सङ्ख्या १ करोड ८३ लाख ७ हजार रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।
गत असार मसान्तमा १ करोड ६८ लाख ४३ हजार इन्टरनेट प्रयोगकर्ताहरूमार्फत १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तुलनात्मक रूपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको हो ।
कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?
आरटीजीएस– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ
एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ
इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी)– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ
कनेक्ट आईपीएस– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ
डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ
क्रेडिट कार्ड– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ
प्रिपेड कार्ड– ६१ करोड ९० लाख रुपैयाँ
ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ
वालेट– २४ अर्ब २ करोड रुपैयाँ
क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ
पोइन्ट अफ सेल्स् (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ
ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण