फेवातालमा डुङ्गा दुर्घटनामा परेका युवकको सकुशल उद्धार
आइतबार, २५ चैत २०८०, १७ : ५४
काठमाडौँ । पोखरास्थित फेवातालमा डुङ्गा दुर्घटनामा परेका युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बोटिङ गर्ने क्रममा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–३ घर भएका सोभित परियार तालमा खसेका हुन् ।
२० वर्षीय परियारलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । हावाहुरीका कारण डुङ्गा पल्टिएर डुबेका उनलाई फेवातालस्थित रेस्क्यू टावरबाट खटिएको टोलले उद्धार गरेको हो । हुरीका कारण तालबाराही मन्दिरमा अड्किएका २५ जनालाई पनि उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण