बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फेवातालमा डुङ्गा दुर्घटनामा परेका युवकको सकुशल उद्धार

आइतबार, २५ चैत २०८०, १७ : ५४
आइतबार, २५ चैत २०८०

काठमाडौँ । पोखरास्थित फेवातालमा डुङ्गा दुर्घटनामा परेका युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बोटिङ गर्ने क्रममा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–३ घर भएका सोभित परियार तालमा खसेका हुन् ।

२० वर्षीय परियारलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । हावाहुरीका कारण डुङ्गा पल्टिएर डुबेका उनलाई फेवातालस्थित रेस्क्यू टावरबाट खटिएको टोलले उद्धार गरेको हो । हुरीका कारण तालबाराही मन्दिरमा अड्किएका २५ जनालाई पनि उद्धार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप