कर्णालीका जलस्रोत तथा ऊर्जा मन्त्री विश्वकर्माका ३५४ दिन : के–के भए काम ? (विवरणसहित)
सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले आफ्नो कार्यकालमा गरेका कार्यको फेहरिस्त सार्वजनिक गरेकी छन् । ३५४ दिन मन्त्रीका रुपमा रहेकी विश्वकर्मा कर्णाली मन्त्रीमण्डलको एकमात्र महिला सदस्य हुन् ।
सुरुमा उनलाई सरकारमा महिलाको प्रतिनिधित्व गराउनका लागि मात्रै राज्यमन्त्री बनाइएको थियो । ०७९ माघ ११ गते देखि ०८० वैशाख ७ गतेसम्म भौतिक पूर्वाधार तथा जलस्रोत राज्यमन्त्री रहेकी उनी एमाले–माओवादीको सत्ता समीकरण बदलिएर कांग्रेस–माओवादीबिच समीकरण बनेपछि जलस्रोत तथा ऊर्जा मन्त्री नियुक्त भइन् ।
त्यसअघि उक्त मन्त्रालयलाई भौतिक पूर्वाधारमै गाभ्ने काम भएको थियो । कांग्रेसले उक्त मन्त्रालयको औचित्य रहेको भन्दै अड्डी थापेपछि माओवादीले पुनः मन्त्रालय फुटाएर विश्वकर्मालाई नै जिम्मेवारी दिएको थियो ।
अघिल्लो बुधबार मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै यतिबेला कर्णाली सरकार काम चलाउ हैसियतमा सीमित छ । जाँदाजाँदै मन्त्री विश्वकर्माले आफूले ३५४ दिनमा गरेका गतिविधि सार्वजनिक गरेकी हुन् । यो अवधिमा दुई वटा ऐन, एउटा विधेयक, दुई वटा कार्यविधि, तीन वटा निर्देशिका तयार भइ अन्तिम चरणमा रहेको उनले बताइन् ।
ऐन निर्माणका क्रममा सबैभन्दा महत्त्वपूर्ण मानिएको विद्युतको सम्बन्धमा बनेको विधेयक यतिबेला संसदको समितिमा छलफलको क्रममा छ भने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी राय सुझाव माग गर्न मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
यस्तै जलस्रोत सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धमा विधेयक निर्माणका लागि समिति गठन गरी तयारीको चरणमा छ ।
मन्त्री विश्वकर्माले आफ्नो कार्यकालमा एक लाख ३ हजार ३०३ जनसङ्ख्यामा खानेपानीको पहुँच विस्तार गरिएको बताइन् । यस्तै थप २ हजार २६९ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको र १३ किलोमिटर नदी नियन्त्रणको काम भएको उनको भनाइ छ ।
मन्त्री विश्वकर्माको कार्य प्रगतिको फेहरिस्त
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण