सांसद गिरीको कारबाहीबारे जानकारी छैन : नेता चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सांसद इन्दिरा गिरीलाई गरिएको कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कानुनतः कारबाही सिफारिस गर्ने अधिकार संसदीय दललाई रहेको बताउँदै नेता चौधरीले गिरीलाई पदमुक्त गरिएको प्रदेश सभा सचिवालयको सूचनाबारे जानकारी नभएको बताएका हुन् ।
सुदूरपश्चिम सभामुख भीमबहादुर भण्डारीले भने नाउपाले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउन भनी प्रदेशसभा सचिवालयलाई पत्रचार गरेपछि पदमुक्त भएको सूचना प्रकाशित गरेको बताए । समानुपातिक सांसदको हकमा कारबाहीको अधिकारको अधिकार पार्टीलाई रहेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को ३५ बमोजिम पदमुक्त गरिएको सूचना टाँस गरिएको सभामुख भण्डारीले रातोपाटीलाई बताए ।
उता दलको नेता चौधरीले सभामुख भण्डारीले मनलाग्दी गरेको दाबी गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन कै दफा ३४ अनुसार कुनै पनि सांसदलाई दलबाट निष्कासित गरिएको जानकारीसहितको निर्णय संसदीय दलले सम्बन्धित सभालाई दिनुपर्ने बताउँदै सभामुखले मनलाग्दी गरेको बताएका हुन् । अब कानुनी प्रक्रियाको विकल्प नरहेको पनि उनको भनाइ छ ।
नाउपाभित्र यतिबेला विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशमलाल चौधरी पक्षधर मानिने समानुपातिक सांसद गिरीलाई पार्टीको हित विपरीत गएको भन्दै चैत्र २१ गते गिरी कारबाहीको पत्र प्रदेश सभा सचिवालयमा पेस गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण