सांसद गिरीको कारबाहीबारे जानकारी छैन : नेता चौधरी
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सांसद इन्दिरा गिरीलाई गरिएको कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कानुनतः कारबाही सिफारिस गर्ने अधिकार संसदीय दललाई रहेको बताउँदै नेता चौधरीले गिरीलाई पदमुक्त गरिएको प्रदेश सभा सचिवालयको सूचनाबारे जानकारी नभएको बताएका हुन् ।
सुदूरपश्चिम सभामुख भीमबहादुर भण्डारीले भने नाउपाले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउन भनी प्रदेशसभा सचिवालयलाई पत्रचार गरेपछि पदमुक्त भएको सूचना प्रकाशित गरेको बताए । समानुपातिक सांसदको हकमा कारबाहीको अधिकारको अधिकार पार्टीलाई रहेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को ३५ बमोजिम पदमुक्त गरिएको सूचना टाँस गरिएको सभामुख भण्डारीले रातोपाटीलाई बताए ।
उता दलको नेता चौधरीले सभामुख भण्डारीले मनलाग्दी गरेको दाबी गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन कै दफा ३४ अनुसार कुनै पनि सांसदलाई दलबाट निष्कासित गरिएको जानकारीसहितको निर्णय संसदीय दलले सम्बन्धित सभालाई दिनुपर्ने बताउँदै सभामुखले मनलाग्दी गरेको बताएका हुन् । अब कानुनी प्रक्रियाको विकल्प नरहेको पनि उनको भनाइ छ ।
नाउपाभित्र यतिबेला विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशमलाल चौधरी पक्षधर मानिने समानुपातिक सांसद गिरीलाई पार्टीको हित विपरीत गएको भन्दै चैत्र २१ गते गिरी कारबाहीको पत्र प्रदेश सभा सचिवालयमा पेस गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण