नामियाले बुझायो कृषि मन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
कृषि यान्त्रीकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले यो क्षेत्रलाई बजेट र नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको हो ।
संघका अध्यक्ष कृष्ण शर्माले कृषि यन्त्र, उपकरण तथा प्रविधिहरूको प्रदर्शन गर्ने स्थान उपलब्ध गराउन आग्रह गरिएको बताए । खुल्ला चौरमा प्रदर्शन गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले प्रदर्शनी स्थल नभएको कारण जुनसुकै समयमा आयोजना गर्ने अवस्था नरहेको बताए ।
कृषि यन्त्र, उपकरण तथा प्रविधिहरू सम्बन्धी मर्मत तथा सञ्चालन तालिम दिनका लागि पनि आवाससहितको तालिम हलको आवश्यकता रहेको उल्लेख गर्दै सङ्घले प्रदर्शनी तथा आवासीय तालिम केन्द्रको व्यवस्था गर्न माग गरेको छ ।
नेपालमा यान्त्रीकरण प्रविधिहरूको गुणस्तर जाँच नभई बिक्री वितरण भइरहेकाले कम गुणस्तरका सामानहरूको बिक्री वितरण हुने गरेको सङ्घले ध्यानाकर्षण गराएको छ । यस समस्याको दीर्घकालीन समाधानको लागि यान्त्रीकरण प्रविधिहरू जाँच गरेर प्रमाणित गरेर मात्र बिक्री वितरण गर्ने प्रावधान लागु गर्न सङ्घले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण