शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्षको चुनावमा के छ मधेसी दलको तयारी ?

मङ्गलबार, २७ चैत २०८०, ११ : २५
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ ।  मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा)राष्ट्रियसभा उपाध्यक्ष पदमा हुने चुनावमा साझा उम्मेदवारको पक्षमा रहेको छ ।

पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले भने आफूहरू सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय होस् भने पक्षमा रहेको बताए । राष्ट्रियसभा अध्यक्षका लागि भएको चुनावमा सत्ता गठबन्धनबाट जसरी साझा उम्मेदवार बनेको थियो त्यसरी नै उपाध्यक्षका लागि साझा उम्मेदवार हुनुपर्ने पक्षमा पार्टी रहेको उनले बताए ।

उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै छ, तर सत्ता गठबन्धनमा हालसम्म सहमति जुटेको छैन । साझा उम्मेदवार नबनेमा कसलाई मतदान गर्ने भन्नेबारेमा त्यतिबेला नै निर्णय गर्ने उनको भनाइ छ ।  यद्यपि जसपाले भने उपाध्यक्ष पदमा उम्मेदवारी नदिने उनको भनाइ छ । 

जसपा राष्ट्रिय सभाका  संसदीय दलका नेता मृगेन्द्रकुमार सिंहले गठबन्धनभित्र भएको पद बाँडफाँटमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुने आफूले बुझेको बताए । तर, यस विषयमा गठबन्धनमा निर्णय हुन बाँकी रहेको बताए ।

राष्ट्रिय सभामा लोसपाबाट एक जना सदस्य छन् । लोसपाले पनि कसलाई मतदान गर्ने भनी अहिलेसम्म टुङ्गो लगाएको छैन । लोसपा राष्ट्रिय सभाका संसदीय दलका नेता शेखर सिंहले कहाँ मतदान गर्ने भन्ने विषयमा हालसम्म पार्टीमा कुनै छलफल नभएको बताए । मतदान हुनुभन्दा पहिला पार्टीले निर्णय गर्ने उनको भनाइ छ । 

उनले भने, ‘हाम्रो पार्टी सत्ता गठबन्धनमा नरहेको कारण त्यहाँ मतदान गर्ने कुरा हुँदैन ।  बाँकी अर्को कसले उम्मेदवार उठाउँछ त्यसको बारेमा त्यतिबेला नै सल्लाह हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप