डिग्री माइला अ सेल्फ पोट्रेट
विश्व मानचित्रमा
हो कि हो किजस्तो एउटा थोप्लो
अथवा–
कुनै अल्छी लेखकले उसको डायरीको पानामा
वाक्य पूरा नगरी त्यत्तिकै तानेको धर्कोजस्तो
रिडिङ ग्लासबाट हेर्दा काँक्रोको बियाँ
अथवा–
झुसिल्किरोले खाइरहेको सुर्तीको पातजस्तो
जसलाई–
असङ्ख्य विभेद कि, रोगभोकले
बाढी पहिरो कि, सुक्खा खडेरीले
सधैँ कुरूप बनाउँछ
तर, त्यही देशका जनता भन्छन्–
‘हाम्रो देश संसारकै सुन्दर देश हो ।’
जहाँका मानिस
एकअर्कालाई प्रेम गर्न लजाउँछन्
जहाँका मानिस
उन्मुक्त मानिस भएर जिउन डराउँछन्
जहाँ–
कसैको आँखामा बस्नुभन्दा झर्नु सजिलो छ
जहाँ–
बाँच्नुभन्दा मर्नु सजिलो छ ।
बुद्ध र बुद्धे दुवैले छोडेको
भृकुटी र सीता दुवैले त्यागेको
तर बाटो नपाएर युगौँदेखि
सहिदहरूको सेहेँ डुलिरहेको
सरकार भने आफैँ डीभी भरेर झुलिरहेको
यस्तो तथाकथित सुन्दर देशभित्र
दुर्घट्नाबस् जन्मियो–
डिल्लीराम भुजेल उर्फ डिग्री माइला
जस्तो कि,
प्रथम महाप्रलय क्रेटासियसपछि
जन्मेको थियो हिमालय उर्फ सगरमाथा ।
संसारकै अग्लो शिखर भन्छन् सगरमाथालाई
अफसोस्
हजारौँ पैतालाका डोब छन् उसको शिरमाथि
तब उसको उचाइको के अर्थ !
जसरी,
आफ्नै सपना पछ्याउन नसकेर
चिलको छाया परेको सर्पझैँ
आफैँभित्र गुडुल्किरहेछ डिग्री माइला
तब उसको चेतनाको के अर्थ !
बस् यो तथाकथित देशमा
एउटा मणि, ढुङ्गा भएको छ
एउटा मानिस, डिग्री माइला भएको छ ।
(मुकारुङको फेसबुकबाट । यही चैत ३० गतेदेखि प्रदर्शन हुने बहुप्रतीक्षित चलचित्र ‘डिग्री माइला’को कविता ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण