इन्दिरा र राजनराजले गाए ‘ओइ चमेली ओइ चमेली तम्रो शेरे खोइ’ गीत
काठमाडौँ । निर्देशक एभरेस्ट सूर्य बोहराको निर्माणाधीन फिल्म ‘चमेलीको पोइ’को ‘ओइ चमेली ओइ चमेली तम्रो शेरे खोइ’ बोलको गीत आइतबार रेकर्ड गरिएको छ । निर्देशक बोहराकै शब्द, राजनराज शिवाकोटीको सङ्गीत रहेको गीत इन्दिरा जोशी र राजनराजको स्वर रेकर्ड भएको हो । गीतको रेकर्डिङमै स्टुडियोमा उपस्थित सबै जना झुमेका थिए ।
‘म्युजिक बज्न थालेपछि स्टुडियो उपस्थित सबै जना नाच्न थालिहाले, जसले गर्दा केही बेर रेकर्डिङ रोक्नुपर्यो,’ निर्देशक बोहराले भने । उनले आफ्नो यो गीतले सङ्गीतकार,गायक राजनराजको कुटुमा कुटुपछिको अर्को बम्पर हिट गीत हुने सङ्केत देखिएको बताए ।
उनका यसअघिका ‘अग्नि परीक्षा’ फिल्मको ‘हामलाई पनि मायाले हेर पार्वती..’, ‘ठुली’ फिल्मको ‘म त मर्छु की क्या हो ठुली..’, ‘भैरे’ फिल्मको ‘सनम माया लाको’ र ‘सान्नानीलाई भेट्न आउँदा..’ लगायतका गीत सुपरहिट भएका थिए । ‘चमेलीको पोइ’ को यो गीत पनि आम श्रोता दर्शकले अधिक मन पराउने विश्वास उनको छ ।
‘चमेलीको पोइ’ कमेडी शैलीको यथार्थपरक कथामा निर्माण गर्न लागिएको उनी बताउँछन् । जेठमा अन्तिममा सुटिङ गर्ने लक्ष्य लिइएको यही फिल्मबाट पुराना हास्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्दै छन् । फिल्मका अन्य कलाकार,प्राविधिक छनौटको क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण