मिशिगनको विद्यालयमा गोली हान्ने किशोरका अभिभावकलाई जेल सजाय
वाशिङटन डीसी । अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा गोली प्रहार गर्ने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । सन् २०२१ मा राज्यको अक्सफोर्ड हाइ स्कुलमा भएको उक्त गोलाबारीमा चार विद्यार्थीको मृत्यु भएको थियो । गोलीकान्ड भएको केही दिनपछि डेट्रोइडमा एउटा गोदामघरबाट पक्राउ परेयता जेम्स र जेनिफर क्रम्बले २ वर्षभन्दा बढी थुनामै थिए । अब भने उनीहरूलाई १० र १५ वर्षसम्मको सजाय सुनाइएको हो । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटनाका लागि आरोपीको मातापितालाई दोषी ठहर गरिएको यो पहिलो पटक हो ।
सुरुमा उनीहरूलाई ७ वर्षको जेल सजाय सिफारिस गरिएको थियो । तर अभियोजनकर्ताहरूले यसलाई बढाउने माग गरे । यो फैसला मंगलबारको हो । अदालतमा सजाय घोषणा भइरहेको समयमा जेम्स र जेनिफर क्रम्बली दुबै अदालतमा उपस्थित थिए । छोराले गरेको हमलाप्रति दुवैले दुःख व्यक्त गरेका थिए । एथान क्रम्बलीका आमाबाबु छोराले गरेको नरसंहारमा अनैच्छिक रूपमा दोषी पाइएको न्यायाधीशले भनेका थिए । दोषी किशोरका मातापितालाई १० र १५ वर्षको जेल सजायले भविष्यमा यस्तै खालका घटनाहरू रोक्न मद्दत गर्ने आशा न्यायाधीश शेरिल म्याथ्यूको छ ।
किशोरको मातापिताले आफ्नो छोराको बिग्रँदै गइरहेको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप अभियोजनकर्ताहरूले लगाएका थिए । सन् २०२१ को घटनामा किशोरले प्रयोग गरेको बन्दुक उनकै अभिभावकले किनेका थिए । हमलाको समयमा किशोरको उमेर १५ वर्ष थियो । उनले अक्सफोर्ड हाईस्कुलमा सेमी अटोमेटिक बन्दुकबाट गोली बर्साउँदा चार विद्यार्थीको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए । हाल दोषी युवक पेरोल नपाउने गरी जेल सजाय भोगिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण