सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयोः अध्यक्ष केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भएको बताएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशको उद्योग धन्दा पनि बर्बादउन्मुख भएको जिकिर गरे ।
उनले देश उद्योग धन्दा गर्नेबाट नभई सत्ता र शक्ति केन्द्रमा बस्नेहरूबाट बर्बाद भइरहेको बताए । उनले वर्ष दिनमा चार पटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायीहरू रहनुपर्ने बाध्यता रहेको बताए । (उनले देशले संघीयता पाल्न नसक्ने पनि तर्क गरे ।
उनले भने, ‘अहिले साँच्चै भन्ने हो भने देशको उद्योग धन्दा असाध्यै बर्बाद भएको छ । यो बर्बाद सत्ता र शक्तिमा बस्नेहरुबाटै हो बर्बाद भएको । यो उद्योग धन्दा गर्ने, बन्द व्यापार गर्ने उनीहरुको कारणले होइन । एक वर्षमा तीन चार चोटी सरकार बदलिन्छ, कुन सरकार आएर के नीति लिने हो ? के गर्ने हो भन्ने उद्योग व्यापारीहरुलाई डर त्रास हुन्छ । अहिले पनि सबैभन्दा लगानी भनेको साधारण खर्च । आठ वटा राष्ट्रपनि पाल्नुपर्ने नेपाली जनताले । ८८४ जना नेपाली सांसदहरु पाल्नुपर्ने त्यो सकिन्छ । यहाँका उद्योग धन्दा,कलकारखाना सखाप पार्नुपर्ने, राष्ट्रलाई सम्पूर्ण रुपमा आयातमुखी बनाउने भनेपछि यो सबै बिग्रिएको उद्योगपति व्यापारी भन्दा हामी सत्ता र शक्तिमा बस्नेहरुका कारण हो ।’
अध्यक्ष केसीले विकृतिको केन्द्रबिन्दु सिंहदरबार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण