मुग्लिन–पोखरा सडक विस्तार : पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ ।
उक्त खण्डको करिब छ ठाउँमा वर्षाअघि कालोपत्र नगरिने मुग्लिन–पोखरा सडक विस्तार आयोजना पूर्वी खण्ड प्रमुख श्यामकुमार यादवले जानकारी दिए । “पूर्वी खण्डको अन्तिम विन्दुबाट म्याग्देको जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको छ,” उनले भने, “उक्त स्थानमा करिब तीन किलोमिटर कालोपत्र गरिसकिएको छ ।”
उनका अनुसार एकतर्फी २८ किमी र दुईतर्फी करिब १५ किमी कालोपत्र भइसकेको छ । कालोपत्र कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको छ । यस खण्डको हालसम्म करिब ५५ प्रतिशत कार्य प्रगति भएको छ । अहिले वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक विस्तारको कार्य भइरहेको छ ।
दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।
उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । पृथ्वी राजमार्ग सडक विस्तार कार्य पूर्वी र पश्चिम गरी दुई खण्डमा भइरहेको छ ।
पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।
उक्त सडक खण्डको हालसम्म करिब १९ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । यस खण्डमा दुई लेनको साढे सात किमी सडक कालोपत्र भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण